panauti.com.np :: Explore PANAUTI

पनौती प्राकृतिक सौन्दर्यले सजिएको सुन्दर नगर हो । पनौती प्राचीन सहर पनि हो । यसको आफ्नै इतिहास छ । इतिहासमा प्राचीनता, धर्ममा सहिष्णुता, कलामा सम्पन्नता, संस्कृतिमा परिपक्वता र प्राकृतिक विविधतामा विशालता पनौतीको विशेषता हो । काठमाडौँबाट ३२ किमि दक्षिणपूर्वमा अवस्थित यो नगर प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक दृष्टिले नेपालकै महŒवपूर्ण स्थानहरु मध्येको एक हो । यो प्रकृति र संस्कृतिको बेजोड मेलबाट बनेको मनोरम स्थल हो ।

पनौती नगरपालिका क्षेत्रगत रूपले ठूलो छ । पृथ्वीको २७ं ३८ उत्तरी अक्षांश र पूर्वी ८५ं ३२ देशान्तरमा रहेको पनौती नगरपालिकाको कूल क्षेत्रफल ३८.८७ वर्ग किलोमिटर रहेको छ । यो नगर समुद्री सतहबाट १३०० मिटर देखि १६०० मिटरसम्मको उचाइमा रहेको छ । यसको पूर्वमा शारदा बतासे र शंखुपाटीचौर गाविस र धुलिखेल नगरपालिका रहेका छन् भने पश्चिममा कुशादेवी, महेन्द्रज्योति र कलाँतीभूमिडाँडा गाविसहरू पर्दछन् । त्यस्तै उत्तरी सीमानामा बनेपा नगरपालिका र उग्रतारा जनागाल गाविस पर्दछन् । यस नगरपालिकाको दक्षिणको सीमानामा कलाँती, भूमिडाँडा, चलाल गणेशस्थान र बल्थली गाविस अवस्थित छन् । यहाँको कूल जनसंख्याको ५१.१ प्रतिशत महिला र ४९.९ प्रतिशत पुरुष रहेका छन् । यहाँको जनसंख्या बृद्धिदर २.०७ प्रतिशत रहेको छ ।

अनगिन्ती किंवदन्तीहरू बोकेको सानो सहर, ग्रामीण बाहुल्यता, सानो भएपनि पुरातात्विक दृष्टिबाट हेर्दा खुल्ला सङ्ग्रहालय जस्तो लाग्ने पनौती देवराज इन्द्रको प्यारो भूमि हो, ऋषिमुनिहरूको तपोभूमि हो । देवतादेखि मानव समेतले आफ्नो पापबाट मोक्ष प्राप्त गरेको मुक्तिधाम हो पनौती । पनौती शचीको प्यारो तीर्थ हो, यो उत्तरको प्रयाग पनि हो । प्राचीन समयमा महादेव, पार्वती, विष्णु, गोरखनाथ, विरुपाक्ष, देवेन्द्र, शची, पाण्डव आदि देवीदेवताहरू र अन्य ऐतिहासिक महापुरुषहरूले पनौतीमा आई तीर्थाटन गरेको कुरा बुढापाकाहरूबाट सुन्न पाइन्छ । त्यस्तै जगत्गुरु शंकराचार्य, बन्धुदत्त, राजा मानदेव, हरिहरसिंह देव, भूपतिन्द्र मल्ल, पृथ्वीनारायण शाह, वेलायती युवराज्ञी डायना जस्ता व्यक्तित्वहरूले पनौतीको भ्रमण गर्दा यहाँको प्रकृति, कला, संस्कृति अदिको प्रशंसा गरेका थिए । गौतमबुद्धको पूर्वजन्म मानिएको नमोबुद्धको जन्मस्थान पनि पनौती नै हो । मध्यकालीन नेपालको राजनीतिक इतिहासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने रामवद्र्धन परिवारको मूलघर पनि पनौती नै हो । पुण्यवती नगरको रक्षार्थ नगरका चार दिशामा र चारकोणमा अष्टमात्रिकाका पिठहरू ( कांठकुमारी, महालक्ष्मी, इन्द्रायणी, महेश्वरी र संकटा ) प्रतिस्थापित छन् । पनौतीमा मध्यकालीन समयमा प्रचलनमा रहेका सबै धर्मका मूर्ति र मन्दिरहरू रहेका छन् ।

पनौती सहर एउटै विशाल ढुङ्गामा अवस्थित छ । एउटै शिलामा रहेको सहर भएकै कारणले यो नगरलाई भूकम्पले असर नगर्ने सहर पनि भनिन्छ ।यहाँ ढिकी चलाउने र पानीघट्ट राख्न नहुने जनविश्वास रहेको छ । नेवार समुदायमा प्रचलित योमरीको उत्पत्ति थलो भनेर चिनिएको पनौतीलाई काभ्रे जिल्लाको दक्षिणी ढोका भनिन्छ ।



MAKAR MELA 2078
Makar Mela will be starting from Magh. Please visit her for further information.

PANAUTI

Nickname(s): 
पलाँती, पन्ती, पनाती, पाञ्चाल नगर, अश्म नगर
Geographical Info
COUNTRY Nepal
PROVINCE Bagmati Pradesh
DISTRICT Kabhrepalanchok
TOTAL AREA 118.00 km2

Triveni-ghat_Prasant_Shrestha-04072019073002-500x300
Rf5c20c1fdcb8080b7805b7514a1b5b78
Rf3cb0bd2ef3506e966d4ed37748a5b59
R99031ed0e510dd01f4c6001939deb9b2
Panauti-Tour-1024x575
panauti4-750x400
maxresdefault (1)
541431_10151264506067479_784556177_n
1931298_44532392478_8790_n
1931298_44532432478_384_n

Previous
Next